काठमाडौं उपत्यकामा थपिए १०६ संक्रमित



काठमाडौं,साउन २३ । पछिल्लो दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । उपत्यकामा बितेको २४ घन्टामा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंका ९२ जना, भक्तपुरका ३ जना र ललितपुरका ११ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय ६४ जनासहित देशभर संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १५ हजार ८ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने ७० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्