४६४ संक्रमित थपिए, ४२५ डिस्चार्ज (पूर्ण विवरणसहित)



काठमाडौं, साउन २३ । बितेका केहि दिन यता कोरोना संक्रमणले भयावह रुप लिएको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु हुँदा कूल संख्या ७० पुगेको छ । हिजो पनि ५ जना मृतक थपिएका थिए ।

आज ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै कूल संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ । बितेको २४ घण्टामा ७ हजार ९ सय ३६ जनाको परिक्षण गर्दा ४ सय ६४ जनामा संक्रमण पुष्टी भएको हो ।

आज ४ सय २५ जना उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये १५ हजार ८ सय १४ जनाको सफल उपचार भएको छ भने ६ हजार ३ सय ३० जना संक्रमितको आइसोलेसनमा उपचार हुँदैछ ।

अहिले देशका विभिन्न क्वारेन्टिनमा १० हजार २ सय ७ जनाको स्वास्थ्य निगरानी भइरहेको छ ।

शुक्रबारको पूर्ण विवरण हेर्नुस्

प्रतिक्रिया दिनुहोस्