कुलोमा डुबेर दाङमा दुई बालकको मृत्यु

तुलसीपुर,साउन २३ । दाङमा कुलोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी राजु चौधरीको छोरा ७ बर्षको आयुश चौधरी र सोही ठाउँ निवासी दिनेश चौधरीको छोरा निशान चौधरीको शुक्रबार बिहान कुलोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक तथा प्रवक्ता सुमित खड्काले बताए ।
उनीहरुको शुक्रबार बिहान ९ बजेतिर खेल्ने क्रममा स्थानीय कुलोमा डुबेर मृत्यु भएको हो ।