रुपन्देहीमा कार पल्टिँदा ३ जनाको ज्यान गयो



तिलोत्तमा साउन २४ । परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा शुक्रबार राति रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नम्बरको कार नियन्त्रित भई उत्तर साइडमा पल्टिँदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । कारमा सवार ४ जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि भैरहवाको भीम अस्पताल ल्याइएको थियो । घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुने ३ जनामध्ये एक जनाको मात्र पहिचान खुलेको छ ।

मृत्यु भएकामध्ये चालक ओमसतिया गाउँपालिका ४ का २७ वर्षीय देवेन्द्र चौधरीको मात्रै परिचय खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्