नेकपा विवाद:कुर्सीको लडाइँ-टोपबहादुर रायमाझी



गुल्मी,साउन २४ । अर्घाखाँचीका संघीय सांसद टोपबहादुर रायमाझीले अहिले नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)मा देखिएको विवाद विधि, सिद्धान्तको लागि नभई  कुसीको लडाई भएको बताएका छन। पार्टीका शिर्ष नेताहरु केवल भागबण्डामा लागेकाले विवाद  उत्पन्न भएको उनको तर्क थियो । प्रेस संगठन नेपाल अर्घाखाँची शाखाको भेटघाटमा शुक्रबार रायमाझीले भने,’अहिले नेकपा भित्र देखिएको विवाद विधि,संगठन पद्धतिका लागी हुदै होइन’ उनले भने,’भित्री रुपमा पदीय महत्त्वकांक्षा नै पछिल्लो विवादको कारक हो ।’

रायमाझीले दुई दुई पटक प्रधानमन्त्री भइसकेका र पार्टीको महत्वापुर्ण जिम्मेवारी पाइसकेका नेतापनि उहीँ पद र कुर्सीको निम्ति मरिहत्ते गर्नु अनौठो रोग भएको बताए ।’ कुनै वरिष्ठ वा सल्लाहकार भएर अभिभावकको भुमिका खेल्न तयार छैनन् ।उनले भने,’अहिलेको बिडम्बना यहि हो ।’

टुटफुटबाट कम्युनिस्ट आन्दोलनले ठूलो क्षती भोगिसकेको हुदा अब पनि पार्टीका नेताले नसोचे कोहि पनि सुरक्षित नहुने बताए । ‘नेताहरु सिपि मैनाली,मोहन बैध र बाबुराम भट्टराइको हबिगत हुन सक्ने उनको ठम्याई छ । अहिले नेकपा ठुलो तल्लाको घर भएको हुदां घर भत्किए कोहि पनि पुर्व एमाले वा माओबादी भएर रहन नसक्ने र त्यहाँबाट खसे उपल्लो तल्लामा बस्नेको हाडपनी नभेट्टिने समेत रायमाझीले उल्लेख गरे । ‘महाधिवेशनसम्म जनताको जनबाद मानेर जाने सहमति भएकाले धैर्य गर्दै यसलाइ समृद्ध पार्ने काममा लाग्नुपर्ने उनले भनाई राखे ।’अहिले एकताबद्द रुपमा सरकारका कामलाइ प्रभावकारी पार्ने कुरामा ध्यान दिनु सहि हुन्छ ।शिर्ष नेताले अनाबश्यक हठ लिनु जरुरी छैन । ‘रायमाझीले थपे ।

रायमाझीले दुबै अध्यक्षले सहमतिमा निर्णय गर्दा आफुहरुको कुनै आपती नहुने भन्दै पार्टी एकताको निम्ति सक्दो दबाब कार्यकर्ताले दिन ढिला गर्न नहुने बताए ।’उनले थपे-‘अब चुप लागेर बस्ने हो भने पार्टी दुर्घटनामा पर्ने निश्चित छ ।’

प्रतिक्रिया दिनुहोस्