शनिबार ३७८ संक्रमित थपिए



काठमाडौं, साउन २४ । नेपालमा शनिबार कोरोना भाइरसका ३ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबारसम्म १६ हजार ३ सय १३ जना संक्रमणमुक्त भएका छन् ।

शनिबार मात्रै ४ सय ९९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्