नुवाकोटमा भीरबाट लडेर एकको मृत्यु



नुवाकोट, साउन-२४ । नुवाकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–५ का स्थानीय रामबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

तामाङ तारकेश्वर गाउँपालिका–५ कल्लेरीडाँडास्थित भिरबाट शुक्रबार साँझ लडेरका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेकाअनुसार बहिनीको घरमा जाँदै गर्दा उनि भिरबाट लडेका थिए । घटना लगत्तै तामाङलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

शव परीक्षणका लागि शनिबार बिहान त्रिशूली अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्