काठमाडौं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित



काठमाडौं,साउन २४ । काठमाडाैँ उपत्यकामा शनिबार ६२ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार काठमाडाैँका ५६ जना, भक्तपुरका ३ जना र ललितपुरका ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

शनिबारमात्रै देशभर ३७८ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार ५९२ पुगेकाे छ । सक्रिय संक्रमितकाे संख्या ६ हजार २०६ रहेकाे छ ।

पछिल्लाे २४ घण्टामा ४९९ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १६ हजार ३१३ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७३ जना पुगेकाे छ । ७ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्