टोखाकी एक महिलाको कोरोना संक्रमणबाट ज्यान गयो



काठमाडौं,साउन २४ । काठमाडौंस्थित टोखा नगरपालिका वडा नम्बर ६ की एक महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

ज्यान जानेमा टोखा नगरपालिका वडा न ६ ग्रिनल्याण्डकी ४१ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट ज्यान गुमाएकी महिला पाठेघरको क्यान्सर र निमुनियाबाट पीडित रहेकी थिइन । उनको पाटन अस्पतालस्थित आईसीयूमा राखेर उपचार गर्दागर्दै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती महिलामा साउन १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्