राप्रपा झापामा पहिरो, नेतृत्व असक्षम भएको अधिकांश नेता, कार्यकर्ताद्वारा पार्टी परित्याग



काठमाडौं साउन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीको वर्तमान नेतृत्व असक्षम, असफल र परिवर्तनविरोधी रहेको आरोप लगाउँदै शनिबार झापा जिल्लामा राप्रपाका अधिकांश नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

पार्टी सिद्धान्तविहीन हुँदै गएको,परिवर्तनलाई आत्मसात गर्न नसकेको र विगत २० वर्षदेखि जनताबाट प्रत्यक्ष निर्वाचित हुन नसकेको स्वघोषित वर्तमान अध्यक्षहरुका कारण राप्रपाको राजनीतिक भविष्य नदेखिएको भन्दै उनीहरुले शनिबारबाट राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् ।

यही साउन १३ गतेमात्र राप्रपाका महामन्त्री एवं पूर्वमन्त्री सुनिलबहादुर थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरु विष्णु विक्रम थापा, किरण गिरी, बाबुराम बस्नेत, रामकृष्ण भट्टराई, बृजलाल यादवसहित २१ जना केन्द्रीय सदस्य तथा १ सय ५० भन्दा बढीको केन्द्रीय नेता तथा कार्यकर्ताले राप्रपा परित्याग गरेका थिए । उनीहरु अधिकांश कांग्रेस प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्