वाग्मती प्रदेशमा शनिबार ८३ संक्रमित थपिए



काठमाडौं,साउन २५ । वाग्मती शनिबार ८३ जना कोरोना संक्रमित थपिएका छ।पछिल्लो तथ्यांकले यस प्रदेशमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा  फैलिँदै गएको देखिएको छ ।

नियमित जानकारी दिदै प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशको १० जिल्लामा थप ८३ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

शुक्रबार प्रदेशको ६ जिल्लामा १ सय २१ जनामा कोरोना पुष्टि भएको थियो ।

शनिबार थप हुनेहरुमा काठमाण्डौका ५६ जना,काभ्रेका ७ जना,रामेछापका ५ जना,ललितपुर र भक्तपुरका ३/३ जना रहेका छन् ।

यसैगरि धादिङ,चितवन,सिन्धु्ली र दोलखाका २/२ जना र नुवाकोटका १ जना गरि ८३ जना रहेका छन् ।

यो संगै प्रदेशमा संकमितको संख्या १६ सय ३७ पुगेको छ भने ११ संक्रमितको मृत्यु भएको छ भने हालसम्म ६ सय संक्रमित उपचार पछि निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्