दृष्टिविहीन विद्यार्थीहरुका लागि खाद्यान्‍न तथा शैक्षिक सामग्री हस्तान्तरण



काठमाडौं, साउन २५ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं मिलनले आइतबार एक कार्यक्रमका बीच दृष्टिविहीन विद्यार्थीहरुका लागि खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

सामाजिक सेवाका कार्यमा अग्रपङ्तिमा रहेर कार्य गर्ने लायन्स क्लब अफ काठमाडौं मिलनले नेपालमा लायन्स क्लब स्थापना भएको ५० वर्ष पुगेको अवसरमा डिस्ट्रिक्ट गभर्नर लायन मनबहादुर रोकाको आह्वानसँगै तारकेश्वर नगरपालिका ५ मा रहेको पृथ्वीनारायण मा.वि. को संरक्षणमा रहेका १६ जना दृष्टिबिहीन विद्यार्थीहरुका लागि ३० हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामग्री विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीलाई हस्तान्तरण गरेको थियो ।

लायन्स डिस्ट्रिक्टका पदाधिकारी लायन शिवराम फुँयाल, लायन अरुणकुमार खड्का लगायतको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष लायन विवेककुमार धितालले आवश्यकताअनुसार यस्तै प्रकारका सहयोग जारी राख्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्