टुक्रा-टुक्रा पारेर सुटकेशमा राखी फालिएको अवस्थामा गोंगबुमा शव फेला



काठमाडौं,साउन २५ । काठमाडौँको गोंगबुमा टुक्रा-टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला परेको छ । गोंगवुको गणेशस्थान नजिकै सडकमा टुक्राटुक्रा पारेर सुटकेशमा राखेर फलिएको अवस्थामा स्थानीयले शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान शुरु गरेको बताइएको छ । शवको प्रकृति हेर्दा सुटकेशमा शव फेला परेको,रगत बगेको,स्थानीय गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेको,रगत बगेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसार कसैले विभत्स हत्या गरी फ्याकेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

शवको पहिचान भैनसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्