१२ बुँदे सहमतिपछि २३ औं दिनमा युवा अभियन्ता ई: ले तोडे अनशन



काठमाडौं साउन २५। सरकारसँग १२ बुँदे सहमतिपछि युवा अभियन्ता ई: ले आइतबार अनशन तोडेका छन् ।

अभियन्ता ईः ले आइतबार २३ औं दिनमा अनसन तोडेका हुन् । उनलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनशन तोडाए । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनशन तोडेका हुन् ।

ईः र स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्यकर्मी कसैलाई पीपीई अभाव भयो भने स्वास्थ्य मन्त्रालले तत्काल उपलब्ध गराउने, कोरोना नियन्त्रणमा भएको खर्च यथाशिघ्र सार्वजनिक गर्नेलगायतका १२ बुँदामा सहमति भएको छ ।

कोरोना नियन्त्रणमा सरकारका कामकारवाही प्रभावकारी नभएको भन्दै इनफ इज इनफ अभियन्ताहरुले खबरदारी गर्दै आएका छन् । पुरानो सहमति सहमति कार्यान्वयन नभएपछि ईः ले दोस्रोपटक साउन ३ गतेबाट फेरि अनसन सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्