भारतद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण



काठमाडौं साउन २५ ।

भारत सरकारले नेपाली सेनालाई १० वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगी अड्डामा हस्तान्तरण गरे ।

करिब २ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने दश वटा भेन्टिलेटर भारत सरकराले नेपाली सेनालाई उपलब्ध गराएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

यसले कोरोना उपचारमा थप सहयोग पुग्ने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्