काठमाडौँ उपत्यकामा ९२ सहित ३८० जना संक्रमित थपिए



काठमाडौं,साउन २५ । पछिल्लो समय स्रोत नखुलेका संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । बितेको २४ घण्टामा नेपालका विभिन्न जिल्लामा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जस अन्तर्गत ९२ जना काठमाडौं उपत्यकाका रहेको मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय ८० जनासहित देशभर संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १६ हजार ३ सय ५३ जना उपचारपछि घर फर्किएका छन् भने ७५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्