नुवाकोटमा थपिए ३ जना संक्रमित



नुवाकोट,साउन २५ । नुवाकोटमा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केहि दिन अघि बाहिरी जिल्लाबाट नुवाकोट भित्रिएर सन्ध्या होटेल को क्वारेन्टाइन मा बसेका २ जना र त्रिशुली हाइस्कुल को क्वारेनटिनमा रहेका १ जना समेत गरी ३ जना पुरुषमा पीसीआर परीक्षणका क्रममा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्लामा हालसम्म ५७ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् ।

आइतबार थपिएका संक्रमित जिल्लाको स्थायी ठेगाना नभई बाहिरी जिल्लाबाट पेशा व्यवसायका लागि नुवाकोटमा भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्