सत्तारुढ नेकपा नेता सापकोटालाई हृदयघात, आइतबार नै सफल शल्यक्रिया



सिन्धुपाल्चोक साउन २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटालाई हृदयघात भएको छ ।

सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रहेका सापकोटालाई आइतबार दिउँसो हृदयघात भएकोले त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ । उनको सफल शल्यक्रिया भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

उनले उपचारमा खटिने डाक्टरहरू तथा अस्पताल परिवारलाई हार्दिक धन्यवाद दिएका छन् । विष्णु सापकोटा कृष्णप्रसादका भतिज हुन् ।

प्रतिक्रिया दिनुहोस्