भदौ १ देखि नै विद्यार्थी भर्ना, लामो दुरीमा गाडी सञ्‍चालन नगर्ने सीसीएमसीको प्रस्ताव



काठमाडौं । कोभिड-१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले भाद्र १ गतेबाटै खुल्ला गर्ने भनिएको अन्तरजिल्ला लामा तथा छोटा दुरीका सवारी साधनसमेत १५ दिनका लागि पर सार्न भनेको छ ।

आइतबार बसेको सीसीएमसी बैठकको निर्णयले मुलुकमा कोभिड–१९ को संक्रमण र जोखिम झन् बढेको भन्दै यसअघि भएको निर्णयमा पुनर्बिचार गर्दै आन्तरिक तथा बाह्य व्यावसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सरकारलाई सिफारिस गरेको प्रवक्ता महेन्द्र गुरागाईंले जनाकारी दिए । यसअघि गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउनको अन्त्य गर्दै अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन, आन्तरिक तथा बाह्य सबै व्यवसायिक हवाई उडान, विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको थियो ।

सरकारले भदौ १ गतेबाट लामो दूरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस्तै शिक्षण संस्था आउँदो भदौदेखि खुल्ने गर्ने । त्यसबखत भर्ना र रोकिएका परीक्षा सुचारु गर्ने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्