वाग्मती प्रदेशमा थपिए हालसम्मकै धेरै संक्रमित



काठमाडौं,साउन २६। वाग्मती प्रदेशमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् ।यस तथ्यांकबाट प्रदेशमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिँदै गएको अनुमान गर्न सकिन्छ।

आईतबार प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा प्रदेशको ९ जिल्लामा १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार सार्वजनिक प्रदेशस्तरको तथ्यांक ८३ जना सार्वजनिक भएको थियो ।

आइतबार थप हुुनेहरुमा काठमाण्डौंका ९० जना,मकवानपुरका २३ जना,सिन्धुलीका ८ जना,चितवन ७ जना,नुवाकोटका ४ जना,ललितपुरका २ जना र धादिङ,रामेछाप र सिन्धुपाल्चोकका १/१ जना गरि १ सय ३७ जना रहेका छन् ।

यससंगै वाग्मती प्रदेशमा कारोना संक्रमण पुष्टि हुनेको संख्या १७ सय ७४ पुगेको छ । हालसम्म ११ संकमितको मृत्यु भएको छ भने ६ सय ३ संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्