वीरगन्जमा कोरोना संक्रमणबाट थप १ महिलाको मृत्यु, साउनयता पर्सामा १८ जनाको ज्यान गयो



पर्सा साउन २६ । जिल्लाको वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । साउनयता मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।

पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । गम्भिर अवस्थामा अस्पताल ल्याइएकाले विरामीलाई बचाउन नसकिएको डा. सिंह बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्