काठमाडौंको पुतलीसडकमा आगलागी



काठमाडौं साउन २६ ।

काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा सोमवार दिउँसो आगलागी भएको हो ।

आगलागीबाट एउटा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको बताए ।

विद्युत सर्ट भएर आगलागी भएका हुन सक्ने प्रहरीको अनुमान छ । कन्सल्टेन्सी बन्द रहेका बेलामा एक्कासि धुवाँको मुस्लो बाहिर निस्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले काठमाडौँ महानगरपालिकाको दमकलको सहायतामा अहिले उक्त आगो नियन्त्रणमा लिइसकेको छ ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्