नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ हजार ३१० पुग्यो



काठमाडौं साउन २६ । नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ३३८ जना संक्रमित फेला परेको जानकारी दिएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।

नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले ८ हजार ४३२ नमुना परीक्षण गर्दा ती संक्रमित फेला परेको पुष्टि गरे । उनका अनुसार पछिल्लो २४ घन्टामा १४० जनाले कोरोनालाई पराजित गरेर घर फर्किएका छन् । हालसम्म निको हुनेहरुको संख्या १६ हजार ४ सय ९३ जना पुगेको छ ।

स्रोत : स्वास्थ्य तथा जनसंंख्या मन्त्रालय

प्रतिक्रिया दिनुहोस्