काठमाडौंको गोंगबुमा सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो



काठमाडौं साउन २६ ।

काठमाडौको गोंगबु स्थित गणेशस्थान नजिकै विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

सुटकेश शरीर र तीन सय मीटर पर जेब्रा झोलामा टाउको भेटिएको अवस्थामा फेला परेको शव रोल्पाका कृष्णबहादुर बोहराको भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जाल फेसबुकमा अनुहार सार्वजनिक गरेपछि शवको पहिचान खुलेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले शवको पहिचान खुलेपछि थप अनुसन्धान शुरु गरिएको बताएका छन् ।

हिजो बिहान गणेशस्थामा बन्द सुटकेशमा टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको थियो । पछि प्रहरीको अनुसन्धानबाट तीन सय मीटर पर टाउको र खुट्टा फेला परेका थिए । विभत्स हत्या गरेर फालिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्