२४ घन्टामा कोरोनाबाट काठमाडौंका २ सहित ४ जनाको मृत्यु



काठमाडौं साउन २६ । नेपालमा २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा २ सहित ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका दुई जना, बाँके र पर्साका १/१ जनाको ज्यान गएको सोमबार जानकारी दिएका हुन् । कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म ७९ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार बाँकेक कोहलपुर नगरपालिका-२ बस्‍ने ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते ३:१० बजे निधन भएको छ । उनी साउन २३ गते नेपालगन्ज कलेजमा भर्ना भएकी थिइन् ।

त्यसैगरी पर्साको बेदियानी गाउँपालिका-१५ बस्‍ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको छ । काठमाडौं महानगरपालिका मध्य बानेश्वर बस्‍ने ७६ वर्षीय पुरुषको साउन २६ गते बिहान १०:१५ बजे निधन भएको छ । उनको मेडिकेयर अस्पतालमा निधन भएको हो । काठमाडौंको कीर्तिपुर नगरपालिका ट्यांलाफाँट बस्ने ७७ वर्षीय पुरुषको साउन २६ गते बिहान ५:४२ निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्