एकैदिन बाँकेमा ६३ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा ३६ संक्रमित



काठमाडौं साउन २६ । पछिल्लो २४ घन्टामा बाँकेमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको काठमाडौंमा भने एकै दिन ३६ जना संक्रमित फेला परेको स्वास्थ्यत तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका ६२ जना र नेपाल प्रहरी अस्पतालमा बाँकेका १ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौंका संक्रमित भने विभिन्न अस्पतालका प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु- काठमाडौं १२
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल – काठमाडौं ६
नेपाल प्रहरी अस्पतालमा- काठमाडौं ८
स्टार अस्पताल सानेपा -काठमाडौं ८
बिध ल्याब काठमाडौं १
ह्याम्स हस्पटिल काठमाडौं १
यस्तै ललितपुरका ४ जना र भक्तपुरका ४ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्