बाँकेको कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरसका कारण मृत्यु



काठमाडौं साउन २६ । मेडिकल कलेज कोहलपुर बाँकेमा सोमबार एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ ।

अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्