सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७३ पुग्यो



चौतारा,साउन २७ । सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । संक्रमितमध्ये हालसम्म ६७ जना निको भइ घर फर्किसकेका छन् भने चार जना सक्रिय संक्रमित उपचाररत छन् । दुई जनाको उपचार काठमाण्डौंमा भइरहेको छ । बाकी जिल्लाका आइसोलेसन वार्डमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।कार्यालयका अनुसार जिल्लामा १०१ जना क्वारेन्टाइनमा बसेका छन् ।

जिल्लामा हालसम्म १ हजार २ सय २१ को स्वाब संकलन गरिएको छ । कोरोना संक्रमण बढुदै गएपछि जिल्लाको सुनकोशी गाउँपालिका,जुगल गाउँपालिका र हेलम्बु गाउँपालिकाका केही वडाहरु सिल गरिएको छ । जुगलको वडा नं. ५ र सुनकोशीको वडा नं. ७ आइतबार सिल गरिएको हो । साविक हेलम्बु गाविसको पाँच वटा वडा सोमबारदेखि सिल गरिएको छ । साविक हेलम्बुको ३, ४,५,६ र ७ नं. वडालाई सिल गरिएको हो ।

जिल्लामा देखिएका कोरोना संक्रमित अधिकांश तेस्रो मुलुकबाट आएका व्यक्तिहरु रहेका छन् । हालसम्म जिल्लामा संक्रमणका कारण एक पुरुष र एक महिला गरी दुई जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्