कोरोना अपडेट: बितेको २४ घण्टामा ६३८ संक्रमित थपिए



काठमाडौं,साउन २७ । कोरोना भाइरसको संक्रमणदर र यसका कारण हुने मृत्युदर नेपालमा बढ्न थालेको छ । बितेको २४ घण्टामा देशभर ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न जिल्लामा थपिएका ६ सय ३८ जनासहित देशभर संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना उपचारपछि घर फर्किएका छन् भने ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्