काठमाडौं उपत्यकामा थपिए १३४ जना संक्रमित



काठमाडौं,साउन २७ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित भक्तपुर र ललितपुरमा १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका संक्रमितहरुमध्ये काठमाडौंमा १ सय १०, भक्तपुरमा ८ जना र ललितपुरमा १४ जना रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए ।

गौतमले विभिन्न जिल्लामा थपिएका ६ सय ३८ जनासहित देशभर संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना उपचारपछि घर फर्किएका छन् भने ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्