गीतकार एचके धितालको दुइ गीतको लिरिकल भिडियो सार्वजनिक



गीतकार एचके धिताल

काठमाडौं,साउन २७ । गीतकार एचके धितालको दुइ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतकार धितालको सिर्जनामा रहेको एक आधुनिक गीत र अर्को राष्ट्रिय गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो।

रचनाकार धितालको आधुनिक गीत ‘स्वीकार छ’मा स्वर तथा संगीत सन्तोष रजौरेको रहेको छ भने संगीत संयोजक योगेश काजीको रहेको छ। रेकर्डिङ तथा मिक्सिङ्ग  ई. महेश्वरमान राज भण्डारीको रहेको गीतलाई साउण्ड मिल रेकर्डिङ स्टुडियोबाट तयार पारिएको हो।

त्यस्तै सार्वजनिक अर्को गीत राष्ट्रिय गीत रहेको छ। गीतकार धितालकै राष्ट्रभक्ति सिर्जनाले ओतप्रोत गीत ‘यहि देशमा जन्मे’मा गायक राम थापाले स्वर दिएका छन् भने संगीत डम्बर ढकालको र संगित संयोजन बिष्णु अधिकारीको रहेको छ।

दुवै गीतको लिरिकल भिडियो साझापथ डटकमको अफिसियल युट्युब च्यानल ‘साझापथ टिभी’ बाट सार्वजनिक गरिएको छ।

आधुनिक गीत ‘स्वीकार छ’ को भिडियो हेर्नुस्

राष्ट्रिय गीत ‘यही देशमा जन्मे’को भिडियो हेर्नुस्

गीतकार धितालसंग साझापथ डटकमले लिएको अन्तर्वार्ता हेर्नुस्

https://youtu.be/m-dS74LsXuM

प्रतिक्रिया दिनुहोस्