अख्तियार प्रमुखलाई कोरोना संक्रमण



काठमाडौं साउन २७ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

अख्तियार प्रमुख नवीनकुमार घिमिरेमा संक्रमण पुष्टी भएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमण भएपछि अख्तियार प्रमुख घिमिरे मंगलबारदेखि आइसोलेसनमा बसेका छन् । केही सातायता अख्तियार केन्द्रीय कार्यालय, टंगालमा काम गर्ने ३० जना भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्