एनआरएनए क्युस्यु र सिन्धुपाल्चोक समाज जापानद्वारा बाढीपीडितलाई रकम हस्तान्तरण



जापान साउन २७ । सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

एनआरएनए क्युस्यु र सिन्धुपाल्चोक समाज जापानद्वारा संकलित सहयोग रकम रकम ५३७,८३३ येन ( रु. ६,०६२७०) ? रुपैयाँ टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्‍चालक कृष्णप्रसाद कँडेलमार्फत हस्तान्तरण गरिएको एनआरएनए क्युस्यु जापानले विज्ञप्तिमार्फत जनाएको छ ।

‘एनआरएनए क्युस्यु र सिन्धुपाल्चोक समाज जापानको नेतृत्वमा संकलित रकम राहत वितरण कार्यक्रम संयुक्त रुपमा आयोजना गरी बाढी पहिरो प्रभावित क्षेत्रमा प्रत्यक्ष उपस्थित भई राहत हस्तान्तरण गर्न इन्द्रेणी कार्यक्रमलाई अनुरोध गर्दै संकलित रकम ५३७,८३३ येन ( रु ६०६,२७०) इन्द्रेणी कार्यक्रमका संचालक श्री कृष्णप्रसाद कँडेलज्युलाई पठाई मृत परिवार, घाइते परिवार र उच्च जोखिममा परेका ४३ परिवारलाई अगस्ट १० तारिख सहयोग रकम हस्तान्तरण गरिएको जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।

गत असार २४ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे जम्बु बजारमा अविरल बर्षाको कारण गएको भीषण बाढी पहिरोको कारण धेरै जन धनको क्षति भएको थियो । उक्त क्षेत्रमा राहत सहयोग प्रदान गर्ने उद्देश्यअनुरुप एन अर एन ए क्युस्यु र सिन्धुपाल्चोक समाज जापानको संयुक्त आयोजनामा गैरआवासीय नेपाली संघ जापानका केन्द्रीय सदस्य रामकृष्ण श्रेष्ठ,गैरआवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमिति महिला उपसंयोजक हेमा पाण्डे (सपना), गैरआवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमिति सदस्य केशब लामिछाने र गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमिति भाषा अनुवाद समिति सदस्य विकास श्रेष्ठ र सिन्धुपाल्चोक समाज जापानका अध्यक्ष रामकृष्ण भण्डारी, सिन्धुपाल्चोक समाज जापानका सचिब सन्तोष भण्डारीलगायत राजी पुरी र सोम लम्सालको सक्रियतामा आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्