सोमबारदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग अझै संचालन हुन सकेन,सम्बन्धित निकाय मौन



अवरुद्ध सडकखण्डमा खसेको पहिरो तस्बिर:प्रशान्तजंग पाण्डे

नुवाकोट,साउन २८ । सोमबारदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग अझै संचालन हुन सकेको छैन।सोमबार रातीको वर्षाले पासाङल्हामु सडकखण्ड अन्तर्गत बेतिनी-पाखुरेको सिंगारेमा गएको पहिरोका कारण अवरुद्ध सडक अझै संचालनमा आउन नसकेको हो।

काठमाडौंदेखि ४४ किलोमीटर क्षेत्र सिंगारेमा गएको पहिरोले यस क्षेत्रका स्थानीय मर्कामा परेका छन भने सवारीसाधन आवागमन पुर्णरुपमा बन्द हुँदा आकस्मिक सेवा समेत संचालनमा बैकल्पिक सडकखण्ड प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको स्थानीय युवा प्रशान्तजंग पाण्डेले बताए । पाण्डेका अनुसार अवरुद्ध बेल्कोट-बराही खण्डमा साना-ठुला गरी ५ ठाउँमा पहिरो गएको छ। बाटो खुलाउन सडक डिभिजन कार्यलयलाई भोलिपल्टै अनुरोध गरेपनि कार्यालय मौन रहेको उनले बताए।

ठुलो परिमाणमा ढुङ्गा खसेकाले तत्काल हाटाउन नसकिएको बताइएको छ

ठुलो परिमाणमा वेतिनिको पाखो खसेको र बुधबारसम्म पहिरो पन्छाउन प्रयास गरिने बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का अध्यक्ष पशुपति लोहनीले बताए। उनले नगरपालिकामा मेसिन नभएकाले तत्काल पहिरो पन्छाउन नसकिएको बताएका  छन। सडक सुचारुका लागि सडक डिभिजन कार्यालय नुवाकोटसंग समन्वय भैसकेको साझापथलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्