पाटनमा अर्का एक कोरोना संक्रमितको मृत्यु



काठमाडौं,साउन २८ । ललितपुरको पाटन अस्पतालमा उपचाररत अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरकी २८ वर्षीया महिला रहेकी छिन । उनी पाटन अस्पतालमा यही साउन १८ गते भर्ना भएर उपचाररत थिइन ।

उनको बुधबार स्वास्थ्य कार्यालय ललितपुरले मृत्यु भएको पुष्टि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्