सप्तरीमा थप एकको कोरोनाबाट मृत्यु



सप्तरी,साउन २८ । सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० बर्षीय पुरुष रहेका छन् । उनको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । चारदिन अघि ज्वरो आएपछि उपचारका लागि अस्पताल पुगेका ती पुरुषको स्वाब लिईएको थियो । 

मंगलबार साँझ स्वाब परिक्षणको रिर्पोट पोजेटिभ आएपछि एम्बुलेन्समा आइसोलेसन पुरयाउने क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताउनुभयो ।

योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए । 

प्रतिक्रिया दिनुहोस्