पत्रकार बलराम बानियाँ मृत फेला



काठमाडौँ,साउन २८ । पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । बानियाँ सोमबारदेखि हराइरहेका थिए।

पत्रकार बानियाँको शव सिस्नेरी नजिकै माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो ।

बेपत्ता भएपछि बानियाँको परिवारजनले महानगरीय प्रहरी परिसर काठमाडौँमा खोजी गरिदिन भन्दै निवेदन दिएका छन् । यस अघि बल्खुमा उनको जुत्ता फेला परेको थियो ।

उनको शवलाई हेटौंडामा लगिएको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्