कोरोना अपडेट: ४८४ कोरोना संक्रमित थपिए



काठमाडौं, साउन २८ । नेपालमा कोरोना भाइरसका संक्रमित ४ सय ८४ जना थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २४ हजार ४ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

बुधबारसम्म १६ हजार ७ सय २८ जना संक्रमणमुक्त भएका छन् । बुधबार ६४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्