काठमाडौंमा एकैदिन १३८ संक्रमित थपिए



काठमाडौं, साउन २८ । काठमाडौं उपत्यकामा एकै दिन १ सय ३८ कोरोना संक्रमित थपिएका छन् ।काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १०९ जना र ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेका छन् ।

देशभर ४ सय ८४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४० जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ४ सय ८१ जनाको पिसीआर परिक्षणमा ४ सय ८४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी बितेको २४ घन्टामा ६४ जना कोरोना संक्रमण मुक्त भई घर फर्किएका छन् । बुधबारसम्म निको भई घर फर्कनेको सख्या १६ हजार ७ सय २८ रहेको छ ।

देशभर कुल संक्रमितको संख्या भने २४ हजार ४ सय ६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्