नेपालमा कोरोनाका कारण एकैदिन ८ जनाको ज्यान गयो



काठमाडौं,साउन २८ । नेपालमा कोरोनाका कारण एकैदिन ८ जनाको ज्यान गएको छ। यससंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । बितेको २४ घन्टामा थप ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। नेपालमा कोरोना संक्रमण फैलिएपछि एकैदिनमा मृत्यु भएको सर्वाधिक संख्या हो ।

पछिल्लो एक सातामा कोरोनाका कारण ३१ जनाको ज्यान गएको हो । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा धनुषाका दुईजना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलबस्तु र बाराका एक एकजनाको मृत्यु भएको हो ।

प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्