रोल्पामा मिनिट्रक दुर्घटना,४ घाइते

साझापथ संवाददाता
रोल्पा,साउन २८ । रोल्पामा सवारी दुर्घटना हुँदा चालक सहिर चार जना घाईते भएका छन।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका – ३ सुकिदह स्थित होलेरी गंगादेब सडक खण्डमा बुधबार एक्कासी ब्रेक फेल भएर मिनिट्रक दुर्घट्ना भएको हो। दुर्घट्नामा ट्रकका चालक रुन्टिगढी ६ का ३० बर्षीया बेद प्रकास वली सामान्य घाइते छन भने रुन्टिगढी गाउपालिकाका स्थानिय ४३ बर्षीया तिल बहादुर वली,४० बर्षीया यम कुमार घर्ति र ७४ बर्षीया राम कुमार बि.क. गंभीर घाइते भएको रोल्पा प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार घाईतेहरुलाई उपचारका लागि दाङ पठाईएको छ।
ट्रक सडकबाट १५ मिटर तल खसेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।