६ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष सिल



त्रिवि शिक्षण अस्पतालमा दुई जना चिकित्सक र चार जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना चिकित्सक र मेडिसिन वार्डमा कार्यरत चार जना नर्सलाई संक्रमण देखिएको अस्पतालका निर्देशक प्राडा रोहितकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार स्वाथ्यकर्मीलाई संक्रमणपश्चात् आकस्मिक कक्ष सिल गरिएको छ ।

अस्पतालमा कार्यरत अरु चिकित्सक तथा नर्सलगायत स्टाफको परीक्षण नतिजा आएपछि सेवा सुचारु हुने निर्देशक प्राडा पोखरेल बताए । जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्