बुधबार एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं,साउन २९ ।  बुधबार एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको हो ।

ललितपुरको किस्ट मेडिकल कलेजमा २, नेपाल मेडिसिटी र पाटन अस्पतालमा उपचाररत एक/एक र काठमाडौंको ह्याम्स अस्पतालमा एक जना कोराना संक्रमितको मृत्यु भएको छ । 

योसहित नेपालमा कुल संक्रमित मृतकको संख्या ९३ पुगेको छ । केही दिनदेखि मृतकको संख्यामा समेत वृद्धि भएको पाइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्