बिहीबारदेखि देशभर सबै सवारी पास बन्द



काठमाडौं,साउन २९ । गृह मन्त्रालयले सवारी पास बन्द गरेको छ । कोरोना भाइरसको महामारी बढेको भन्दै गृहले सबै प्रकारका पास वितरण बन्द गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र काट्दै बिहीबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । निर्देशनमा भनिएको छ, ‘मन्त्रिपरिषद्बाट विभिन्न मितिमा तथा यस मन्त्रालयबाट भएको निर्देशनसमेतको आधारमा हालसम्म त्यहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म मिति २०७७ साउन २९ गतेदेखि लागु हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’

यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए । मन्त्रालयले सवारी पासको दूरुपयोग गरेर मानिसहरुको आवातजावत बढेको र कोरोना संक्रमण पनि बढेका भन्दै यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्