मकवानपुरमा कोरोना संक्रमितको संख्या १ सय पुग्यो

काठमाडौं,साउन २९। मकवानपुरमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ।
बुधबार मकवानपुरमा थप ३ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या १ सय पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा गरिएको परीक्षणको क्रममा मकवानपुरका ३ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका १ सय जनामध्ये ४४ जना संक्रमित कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।
बाँकी संक्रमितहरु हेटौंडाको कर्रा आईसोलेसन,तथा केहि संक्रमित हेटौंडा स्थित आ-आफ्नो घरमा होम क्वारेन्टिमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् भने केही संक्रमित काठमाण्डौ उपत्यकामा उपचारत रहेका छन् ।