पाल्पाको रामपुर अस्पतालमा भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा सञ्चालन



साझापथ संवाददाता

पाल्पा,साउन २९ । पाल्पाको रामपुर अस्पतालमा भिडियो एक्सरे तथा डिजिटल एक्सरे सेवा सञ्चालनमा आएको छ । नयाँ प्रविधिसंगै जनशक्तिको अभावमा साढे १ वर्ष देखि बन्द भएकोे भिडियो एक्सरे सेवा मंगलबारदेखि पुन सञ्चालनमा आएको हो । साथै परम्परागत प्रविधि मार्फत हुँदै आएको एक्सरे सेवालाई डिजिटल प्रविधिमा रुपान्तरण गरिएको छ ।

अस्पतालले प्रदेशबाट आएको उपकरण खरिद तथा अस्पताल सुढृदिकरण तर्फको रकम मध्ये ३६ लाखको लागतमा उपकरण खरिद गरेको हो । हाल प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालय मार्फत सञ्चालन हुँदै आएको ५० शैयाको अस्पतालमा सेवा सुचारु भएसंगै पाल्पा, स्याङ्जा, तनहुँका र स्थानीय प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

अस्पतालमा हप्तामा ३ दिन भिडियो एक्सरे र चौविसै घण्टा डिजिटल एक्सरे सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्