चुलोमा पेट्रोल छर्केर आगो बाल्न खोज्दा अछाममा चार जना गम्भीर घाइते



अछाम साउन २९ ।

अछाममा चुलोमा पेट्रोल छर्केर आगो बाल्न खोज्दा चार जना गम्भीर घाइते भएका छन् ।

रामारोशन गाउँपालिका ३ कालापानीका रतन बुढामगरको घरमा पेट्रोल छर्केर आगो बाल्ने क्रममा उनि सहित पार्वतीदेवी बुढामगर, भीम बुढामगर तथा पञ्चदेवल विनायक नगरपालिका २ बस्ने जनक शाही घाइते भएको दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

घाइतेहरुको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलाली पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्