कोरोना अपडेट: ५२५ संक्रमित थपिए



काठमाडौं, साउन २९ । नेपालमा बिहिवार कोरोना भाइरसका ५ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा थप संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

संक्रमितमध्ये १६ हजार ८ सय ३७ जना उपचारपछि घर फर्किएका छन् भने ९५ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्