काठमाडौं उपत्यकामा थपिए १२७ संक्रमित



काठमाडौं, साउन २९ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा१२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १११ जना र ललितपुरका ११ जना र भक्तपुरका ५ जना रहेका छन् । योसंगै देशभर ५ सय २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौमा दिनानुदिन संक्रमितको संख्या वृद्धिसंगै जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले चिन्ता प्रकट गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ९ हजार ८ सय ५९ जनाको पिसीआर परिक्षणमा ५ सय २५ जनाको रिर्पोट पोजेटिभ आएको छ ।

त्यसैगरी बितेको २४ घन्टामा १०९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । बिहिवारसम्म निको भई घर फर्कनेको सख्या १६ हजार ८ सय ३७ रहेको छ । देशभर कुल संक्रमितको सख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्