नुवाकोटमा कोरोना संक्रमितको संख्या ६७ पुग्यो



साझापथ संवाददाता

नुवाकोट,साउन २९ । नुवााकोटमा कोरोना संक्रमितको संख्या ६७ पुगेको छ । बिहिवार थप ३ जनामा कारोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

बिहिवार थप संक्रमितमा तादी गाउँपालिकाका २४ वर्षिय पुरुष,विदुर नगरपालिकाका २१ वर्षिय पुरुष र दुप्चेश्वर गाउँपालिकाका ३५ वर्षिय महिलामा संक्रमण पुष्टि भएको जिल्लास्थित स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जनाएका छन् ।

काठमाण्डौको टेकुमा गरिएको पिसिआर परिक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमितमध्ये एक पुरुषलाई त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार थालिएको छ भने अर्का एक जनाको खरानीटार अस्पतालमा उपचार भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै संक्रमित महिलाको भने काठमाण्डौमा उपचार भइरहेको बताइएको छ ।

हालसम्म नुवाकोटका ४२ जना कोरोना संक्रमित निको भइ घर फर्किसकेका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्